|
म
विश्वास गर्दछु एक परमेश्वर
सर्वशक्तिमान पिता, स्वर्ग र
पृथ्वी सृजनेमाथि । अनि उहाँको
एकमात्र पुत्र हाम्रा प्रभु येशू
ख्रीष्टमाथि । उहाँ पवित्रआत्माको
शक्तिले देहधरी हुनुभयो । कन्ये
मरियमदेखि जन्मनुभयो । पन्तियस
पिलातसको अधिकारमा दु:ख भोग्नुभयो
। आत्मालोकमा उत्रनुभयो । तेस्रो
दिनमा मरेकाहरुबाट ब्यूँतनुभयो ।
स्वर्गमा चढिजानुभयो ।
सर्वशक्तिमान परमेश्वर पिताको
दाहिने हातपट्टि बस्नुभएको छ ।
जहाँदेखि उहाँ जिउँदा र
मरेकाहरुको न्याय गर्न आउनुहुनेछ
। म विश्वास गर्दछु - पवित्र
आत्मामाथि, पवित्र विश्व
मण्डलीमाथि, पवित्रजनहरुको
संगतिमाथि, पाप मोचनमाथि, शरिरको
पुनरुत्थानमाथि र अनन्त जिवनमाथि,
आमेन । |