परमेश्वरले चहानुहुने कुरा तपाई कसरी पत्ता लगाउन सक्नुहुन्छ ?
बाइबलमा कस्तो महत्त्वपुर्ण जानकरी पाईन्छ ? (१)
बाइबलको ग्रन्थकार को हुनुहुन्छ ? (२)
तपाईले किन बाइबल अधययन गर्नुपर्छ ? (३)

१) बाइबल परमेश्वरले दिनुभएको अमुल्य उपहार हो । त्यस्लाई मयालु पिताले आफ्नो छोराछोरीलाई लेखेको पत्र भन्न सकिन्छ । त्यस्ले परमेश्वर को हुनुहुन्छ, उहाँका स्तर के के हुन्, त्यसबारे सत्य कुरा बताउँछ । समस्याहरुको समना कसरी गर्ने अनि साँचो अनान्द कसरी प्राप्त गर्ने, त्यो पनि त्यस्ले बताउँछ । परमेश्वरलाई प्रसन्न पार्न हमीले के गर्नैपर्छ, बाइबलले मात्र त्यस्को जवाफ दिन्छ । भजनसंग्रह १:१-३; यशैया ४८:१७,१८

२ बाइबल १,६०० वर्षको दौडान ४० विभिन्न पुरुषहरुले लेखेको पुस्तक हो । बाइबल लेख्न्ने काम सा यु पू १५१३ मा सुरु भयो । यसमा ६६ वटा स-साना पुस्तकहरु छन् । बाइबल लेख्न्ने मनिसहरु परमेश्वरबाट प्रेरित थिए । तर तिनीहरुले आफ्नै होइन, परमेश्वरका बिचारहरु लेखे । अत: बाइबलको ग्रन्थकार स्वर्गमा बस्नुहुने परमेश्वर हुनुहुन्छ, पृथ्वीको कुनै मनिस होइन । २ तिमोथी ३:१६, १७:२; २ पत्रुस १:२०,२१

३) बाइबलको नकल प्रति बनाउँदा त्यो सही अनि सुरक्षित होस् भनेर परमेश्वरले पुर्णतया ध्यान दिनुभयो । अरु पुस्तकहरुभन्दा बाइबल धेरै छपिएका छन् । तपाईंले बाइबल अध्ययन गर्नुहुँदा अवश्य सबै खुशी हुनेछैनन् । तर तिनीहरुको कुरा नसुन्नुहोस् । किनभने तपाईंले परमेश्वरलाई चिन्नुभयो र विरोधको बवजूद् उहाँको इच्छा पूरा गर्नुभयो भने मात्र अनन्त भविष्य पाउनुहुनेछ । मत्ती ५:१०-१२; यूहन्ना १७:३

Fonts problem ? download kalimati font here.
Copyright© 2007 PrayersforNepal

bout PrayersforNepal