परमेश्वर को हुनुहुन्छ?

परमेश्वरले चहानुहुने कुरा तपाई कसरी पत्ता लगाउन सक्नुहुन्छ ?
साँचो परमेश्वर को हुनुहुन्छ ? (१)
उहाँको शरीर कस्तो छ ? (२)
उहाँको उल्लेखनीय गुन के के हुन्? (३)
उहाँको उपसना गर्दा के हमीले प्रतिमा वा प्रतीकहरु चालाउनु हुन्छ ? (५)
परमेश्वरबारे सिक्ने दुइ तरिका के के हुन्? (६)

१) मनिसहरु थुप्रै कुराहरुको उपासना गर्छन् । तर बाइबलले साँचो परमेश्वर एउटै हुनुहुन्छ भनेर बताउँछ । उहाँले नै आकश र पृथ्वीका सबै कुरा सृष्टि गर्नुभयो । उहाँ हाम्रो जीवनदाता हुनुहुन्छ । त्यसैकराण त्यसैकारण हमीले उहाँको मात्र उपासना गर्नुपर्छ । १-कोरिन्थी ८:५, ६; प्रकाश ४:११

२) परमेश्वरको शरीर छ, तर त्यो हाम्रो जस्तो छैन । बाइबलले "परमेश्वर आत्मा हुनुहुन्छ" भनेर बताउँछ । (यूहन्ना ४:२४) आत्मा भनेको हाम्रोभन्दा कैयौं गुना उत्क्र्ष्ट जीवनको रूप हो । परमेश्वरलाई कुनै मनिसले कहिल्यै देखेको छैन । यहोवा स्वर्गमा बस्नुहुन्छ तर उहाँले सबै कुरा देख्न्न सक्नुहुन्छ । (भजन ११:४,५; यूहन्ना १:१८) त्यसोभए, पवित्र आत्मा भनेको के हो त? पवित्र आत्मा परमेश्वरजस्तो कुनै व्यक्ति होइन बरु परमेश्वरको सक्रिय शक्ति हो । भजन १०४:३०

३) बाइबलले हामीलाई परमेश्वरको व्यत्तित्व कस्तो छ भनेर बताउँछ । उहाँको उल्लेखनीय गुन प्रेम, न्याय, बुद्धि र शक्ति हुन् भनेर त्यस्ले देखाउँछ। (व्यवस्था ३२:४; अय्यूब १२:१३; यशैया ४०:२६; १ यूहन्ना ४:८) उहाँ क्रिपालु, दयालु, क्षमावान्, उदार अनि धिरजी हुनुहुन्छ भन्ने कुरा पनि बाइबलले प्रकट गर्छ । त्यस्कारण आज्ञाकारी केटाकेटीजस्तै भएर हामीले उहाँको नकल गर्ने कोसिस गर्नुपर्छ । एफिसी ५:१,२

४) परमेश्वरको उपासना गर्दा के हमीले प्रतिमा, चित्र वा प्रतीकहरुसामु झुक्नु वा प्रार्थना गर्नु हुन्छ? अहँ, हुँदैन!
(प्रस्थान २०:४- ५) हामीले यहोवाको मात्र उपासना गर्नुपर्छ भनेर उहाँ आफैले भन्नुभएको छ । आफूले पाउनुपर्ने महिमा उहाँ अरु कसैलाई दिनुहुन्न । अर्को कुरा, प्रतिमाहरुले हमिलाई मदत गर्नसक्दैनन् । भजनसंग्रह ११५:४-८; यशैया ४२:८
५) परमेश्वरलाई अझ रम्ररी कसरी चिन्न सक्छौं ? एउटा तरिका उहाँले सृष्टि गर्नुभएका कुरलाई हेर्नु अनि त्यस्ले उहाँका गुनहरुबारे के बताउँछ, त्यसबारे गहिरो मनन गर्नु हो । परमेश्वरले सृष्टि गर्नुभएका कुराहरुले उहाँ असाध्यै शक्तिशाली र बुद्धिमान हुनुहुन्छ भनेर देखाउँछ । उहाँले बनाउनुभएका सबै कुराहरुमा हमी उहाँको प्रेम देख्छौ । (भजन १९:१-६; रोमी १:२०) परमेश्वरबारे रम्ररी सिक्ने अर्को तरिका बाईबल अध्ययन गर्नु हो । उहाँले अफु कस्तो किसिमको परमेश्वर हो भनेर त्यस्मा थुप्रै कुराहरु बताउनुभएको छ । त्यति मात्र होइन उहाँले आफ्नो उद्देश्य अनि हमीले के गरेको चाहनुहुन्छ, त्यो पनि बताउनुभएको छ । आमोस ३:७; २ तिमोथी ३:१६,१६

Fonts problem ? download kalimati font here.
Copyright© 2007 PrayersforNepal