|
|
२
मरियमको गर्भमा आफ्नो पुत्रको जीवन सार्नुभएर
परमेश्वरले उहाँलाइ यस पृथ्वीमा पठाउनुभयो । त्यसैले
येशूको कुनै मनव पिता थिएन र त्यही करणले गर्दा उहाँले
कुनै पाप वा असिद्दता पाउनुभएन । परमेश्वरले येशूलाई
पठाउनुका तीन कारणहरु छन् । ती हुन्: (१) हमीलाई
परमेश्वरबारे सत्य कुरा सिकाउन (यूहन्ना १८:३७), (२)
त्रुटिरहित निष्ठा कायम गरेर हाम्रोनिम्ति उदाहरण
छोड्न,(१ पत्रुस २:२१) अनि (३) आफ्नो जिवन बलिदान दिएर
हामीलाई पाप र मरणबाट मुक्त गर्न । तर किन यसको
आवश्यकता पर्यो? मत्ती २०:२८ |
|
|
३)
परमेश्वरको आज्ञा पालन नगरेर प्रथम मनाव आदमले बाइबलको
सब्दअनुसार"पाप" गरे । त्यसैकरण परमेश्वरले तिनलाई
मरणदण्ड दिनुभयो। (उत्पत्ति ३:१७-१९) तिनले परमेश्वर
को स्तर पूरा गर्नसकेनन् । त्यसो हुँदा तिनी सिद्द
भईरहन सकेनन् । अत:तिनी बिस्तारै बूढो हुँदै मरे ।
आदमले आफ्ना सबै छोराछोरीलाई पाप सारे । त्यसैकारण
हामी पनि बुढो हुन्छौ+, बिरामी हुन्छौ अनि मर्छौं । यी
कुराहरुबाट मनवजातिलाई कसरी बचाउन सकिन्थ्यो? रोमी
३:२३;५:१२ |
|
|
४)
येशू आदमजस्तै सिद्द मनाव हुनुहुन्थ्यो । तर उहाँ
आदमजस्तो हुनुभएन । असाध्यै गह्रो परीक्षा आईपर्दा पनि
उहाँले पुर्णतया परमेश्वरको आज्ञा मान्नुभयो ।
त्यसैकारण उहाँले आदमको पापको मोल तिर्न आफ्नो सिद्द
मानव जीवन दिन सक्नुभयो । बाइबलले त्यस्लाई "छुटकाराको
मोल" भन्छ । यसरी आदमको सन्तानलाई मरणबाट मुक्त गर्न
सकिन्थ्यो । येशूमाथि विश्वास राख्न्ने सबैले आफ्नो
पापको क्षमा अनि अनन्त जीवन पाउनसक्छन् । १ तिमोथी
२:५,६; यूहन्ना ३:१६; रोमी ५:१८,१९ |
|
|
५)
पृथ्वीमा हुनुहुँदा येशूले रोगीहरुलाई निको पार्नुभयो,
भोकाहरुलाई खुवाउनुभयो र आँधीलाई शान्त पार्नुभयो ।
उहाँले मरिसकेका मनिसहरुलाई समेत जिउँदो बनाउनुभयो ।
उहाँले यस्ता चमत्कारहरु किन गर्नुभयो?(१) मनिसहरुको
दु:ख देखेर उहाँलाई दया लाग्थ्यो । उहाँ तिनिहरुलाई
मदत गर्न चाहनुहुन्थ्यो । (२) उहाँले गर्नुभएका
चमत्कारहरुले उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर
प्रमणित गर्थे । (३) यो पृथ्वीमा राजाको हैसियतमा शासन
गर्नुहुँदा उहाँले आज्ञाकरी मनिसहरुका लागि के के
गर्नुहुनेछ, त्यो ती चमत्कारहरुले देखाउँथे । मत्ती
१४:१४; मर्कुस २:१०-१२;यूहन्ना ५:२८,२९ |
|
|
६)
येशूको मरण भएपछि परमेश्वरले उहाँलाई आत्मिक प्रणीको
रूपमा पुनरुथान गर्नुभयो । त्यसपछि उहाँ स्वर्ग
फर्कनुभयो । (१ पत्रुस ३:१८) समयमा परमेश्वरले उहाँलाई
राजा बनाउनुभयो । अब चाँडै येशूले यस पृथ्वीबाट सबै
दुष्टता र दु:ख हटाउनुहुनेछ । भजन ३७:९-११; हितोपदेश
२:२१,२२ |
|