येशू ख्रीष्टको दोस्रो आगमन

बाइबलमा तपाइले यो विषय कहाँ कहाँ भेट्नसक्नुहुन्छ ?

मेरा पिताको घरमा बस्ने ठाउँहरु धेरै छन्। त्यसो नभए, के म तिमीहरुलाई भन्नेथिएँ र, कि तिमीहरुका निम्ति ठाउँ तयार पार्न म गईरहेछु? अनि गएर मैले तिमीहरुका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरुलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरु पनि हुनेछौ । यूहन्ना १४:२,३ (नयाँ संशोधित संसकरण बाइबल - नेपाली)

येशू जैतून डाँडामा बस्नुहुँदा चेलाहरु एकान्तमा उहाँकहाँ आएर सोधे, "हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईँको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?" तब येशूले तिनीहरुलाई जावफ दिनुभयो, तिमीहरुले युद्धहरु र युद्धहरुका हल्ला सुन्नेछौ । नघबराओ किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन। अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरुका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्य्सपछि अन्त्य आउनेछ ।  मत्ती २४:३,६,१४ (नयाँ संशोधित संसकरण बाइबल - नेपाली)

"तर त्यस दिन र घडिको विषयमा पिताबाहेक कसैले जान्दैन, नता स्वर्गकादूतहरुले, न पुत्रले। मानिसको पुत्रको आगमन नोआको दिनहरुजस्तै हुनेछ । किनकि जसरी जलप्रलयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरु खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए, अनि जलप्रलय आएर तिनीहरु सबैलाई स्वात्तै बगाइ नलगेसम्म तिनीहरुले थाहा पएनन्। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ। दुइ स्त्रीहरु जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्को छोडिनेछ । "यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरुको प्रभु आउनेछ, सो तिमीहरुले जान्दैनौ । मत्ती २४:३६-४२ (नयाँ संशोधित संसकरण बाइबल - नेपाली)

एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरु अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ। १ कोरिन्थी १५:५२ (नयाँ संशोधित संसकरण बाइबल - नेपाली)

किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरुचाहिँ पहिले बौरिउठ्नेछन्। तब हामी बाँचिरहेका र छोडिएकाहरु प्रभुलाई आकाशमा भेट्न तिनीहरुक साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैं प्रभुसँग रहनेछौ। १ - थिस्सलोनिकी ४:१६,१७ (नयाँ संशोधित संसकरण बाइबल - नेपाली)

'आखिरी दिनहरुमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरुमाथि मेरा आत्मा खन्याइदिनेछु, र तिमीहरुका छोराहरु र तिमीहरुका छोरीहरुले आगमवाणी बोल्नेछन्, र तिमीहरुका युवकहरुले दर्शन देख्न्नेछन्, र तिमीहरुका बूढापाकाहरु स्वप्नदर्शी हुनेछन्। हो, म आफ्ना दास-दासीहरुमाथि ति दिनमा मेर आत्मा खन्याइदिनेछु, र तिनीहरुले अगमवाणी बोल्नेछन्। माथि आकाशमा म अच्म्मका काम र तलपृथ्वीमा चिन्हहरु देखाउनेछु, अर्थात् रगत, आगो, र धूवाँको मुस्लो। परमप्रभुको महान् र गौरवमय दिन आउन आगडि सूर्य अन्धकारमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्। अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।'  प्रेरित २:१७-२१ (नयाँ संशोधित संसकरण बाइबल - नेपाली)

आखिरी दिनहरुको विषयमा अधिक जानकारीको निम्ति निम्न अध्याय र पदहरु पढ्नुहोस्
दानिएल ७-१२; मत्ती २४:१-५१; मर्कूस १३:१-३७; लूका २१:५-३६; यूहन्ना ६:४४-४७; यूहन्ना १४:-१-६,२८; २ थिस्सलोनिकी २:१-१७; २ तिमोथी ३:१-५; प्रकाश, १-२२ अध्याय ।

यदि तपाईले येशूलाई विश्वास गर्नुभएको छैन भने, येशूलाई ग्रहण गर्नको लागि अहिले प्रार्थना गर्नसक्नुहुनेछ : प्रभु येशू, म मेरो हृदयको ढोका तपाईको निम्ति खोल्दछु। मैले मेरो जिवनमा पाप गरेको छु र मैले गरेका पापहरुको निम्ति म तपाई संग क्षमा माग्दछु। मेरो पापहरुलाई धुनुहोस् र मलाई शुद्ध र पवित्र पार्नुहोस् । ममा पवित्र आत्माको शक्तिले भरिपुर्ण पार्नुहोस् । मलाई नयाँ जिवन दिनुभएको लागि धन्यवाद । येशू प्रभुको नाउँमा। आमिन् ।

The Second Comming of JESUS

Where do you find it in the Bible?

There is plenty of room for you in my Father's home. If that weren't so, would I have told you that I'm on my way to get a room ready for you? And if I'm on my way to get your room ready, I'll come back and get you so you can live where I live. - Jesus, in John 14:2,3 MSG

"What will be the sign of Your coming, and of the end of the age?" And Jesus answered and said to them..."You will hear of wars and rumours of wars. See that you are not troubld; for all these things must come to pass, but the end is not yet. And this gospel of the kingdom will be preached in all the world as a witness to all the nations, and then the end will come." - Matthew 24:3-6,14 NKJV

"No one knows the days or the hour when these things will happen, not even the angels in heaven or the Son himself. Only the Father knows. When the Son of Man returns, it will be like it was in Noah's day...People didn't realize what was going to happen until the Flood came and swept them all away. That is the way it will be when the Son of Man Comes. Two men will be working together in the field; one will be taken, the other left. Two women will be grinding flour at the mill; one will be taken, the other left. Two women will be grinding flour at the mill; one will be taken, the other left. So be prepared, because you don't know what day your Lord is coming." - Jesus, in Matthew 24:36-42 NLT

You hear a blast to end all blasts from trumpet, and in the time that you look up and blink your eyes - it's over. On signal from that trumpet from heaven, the dead will be up and out of their graves, beyond the reach of death, never to die again. At the same moment and in the same way, we'll all be changed. - 1 Corinthians 15:52 MSG

For the Lord Himself will descend from heaven with a shout, with the voice of an archangel, and with the trumpet of God. And the dead in Christ will rise first. Then we who are alive and remain shall be caught up together with them in clouds to meet the Lord in the air. And thus we shall always be with the Lord. - 1 Thessalonians 4:16,17 NKJV

'And it shall come to pass in the last days, says God, that I will pour out of My spirit on all flesh...and...I will show wonders in heaven above and signs in the earth beneath: blood and fire and vapor of smoke. The sun shalla be turned into darkness, and the moon into blood, before the coming of the great and awesome day of the Lord. And it shall come to pass that whoever calls on the name of the Lord shall be saved.' - Acts 2:17-Acts 2:17-21 NKJV

To learn more about the end-times, also read these passages:
Daniel, chaptrs 7-12; Matthew 24:1-51; Mark 13:1-37; Luke 21:5-36; John 6:44-47; John 14:1-6, 28; 2 Thessalonians 2:1-17; 2 Timothy 3:1-5; Revelation, chapters 1-22.

If you have never called on the name of Jesus to be saved, you can pray right now: Lord Jesus, I open the door of my heart to You. I've missed the mark with my life and I ask you to forgive me. Cleanse me of everything that is not like You, and fill me with the power of the Holy Spirit. Thank you for giving me a brand-new start in You. In Jesus' name. Amen.

Fonts problem ? download kalimati font here.
Copyright© 2007 PrayersforNepal